मालाखेती अस्पतालले पहिलो पटक पायो नवौं तहको डाक्टर

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ३ मा रहेको मालाखेती अस्पतालले पहिलो पटक नवौं तहको डाक्टर पाएको छ । स्थापना भएदेखि हालसम्म रिक्त अवस्थामा रहेको उक्त तहमा पहिलो पटक डाक्टरको नियुक्ती भएसँगै अस्पतालले नवौ तहको डाक्टर पाएको हो ।

उक्त तहमा यस अघि जिल्ला अस्पताल बझाङमा कार्यरत डा. अन्वेष कोईराला नियुक्त भएका छन । उनलाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मालाखेती अस्पतालमा करारमा खटाएको बताईएको छ । यसअघि अस्पतालमा आठौं तहसम्मका डाक्टरहरुले मात्रै सेवा दिदै आएकामा अब भने नवौ तहको एमडिजिपि डाक्टरले सेवा दिने भएका हुन ।

joshi vada pasal 2

टिचिङ हस्पिटल महाराज जंगबाट एमडिजिपि गरेका डा. कोईरालाले अस्पतालमा भौतिक पुर्वाधार राम्रो भएपनि व्यवस्थापनमा केही समय लाग्ने बताए । उनले सुरुवाती चरणमा ईन्डोर र ओ.टी को तयारी थालिएको बताए ।

‘ओपिडि सञ्चालीत नै छ, अब हामीले यसमा ईन्डोर सेवा र ओ.टी को तयारी थालेका छौ’ उनले भने ‘त्यसका लागी व्यवस्थापन र ओ.टी कक्ष निर्माणको सिलसिलामा छौ ।’ उनले ओ.टी सेवा सुरु भए सामान्य किसिमका सर्जरी मात्रै नभई हाईड्रोशिल, हर्निया लगायतका रोगहरुको पनि सर्जरी गरीने बताए । उनका अनुसार अब मालाखेती अस्पतालमा सुत्केरी महिलाहरुको पनि अप्रेशन गरी बच्चा निकाल्न सकिनेछ ।

maya metro hospital

डा. कोईरालाका अनुसार अस्पतालमा अझै पनि आईसियु सेवा भने सुरु गर्न सकिने छैन । उनले आईसियुका लागी अझै बलियो टिम आवश्यक पर्ने हुँदा तत्कालै अस्पतालमा आईसियु सञ्चालन गर्न नसकिने बताए । उनले अस्पताल व्यवस्थीत रुपमा अगाडी बढे भविष्यमा आईसियु सञ्चालनका लागी माग गर्न सकिने बताए ।

bishal shuit house

यसका साथै अस्पतालमा काम गर्दै जाँदा आगामी दिनहरुमा आवश्यक पर्ने सेवाहरुका लागी नगरपालिका र स्वास्थ्य मन्त्रालयसँग समन्वय गरिने उनले बताए । हाल डा. कोईरालाले नै अस्पतालको मेडिकल सुपरिटेण्डेन्टको काम हेरिरहेका छन । डा. कोईराला १६ महिनाका लागी अस्पतालमा नियुक्त भएका हुन ।

यसैगरी अस्पतालमा एक जना एमबिबिएस डाक्टरले पनि नियुक्ती लिएका छन । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयबाट खटाईएका डा. आशिष बिष्टले यही भदौ ५ गतेबाट अस्पतालमा सेवा दिन सुरु गरेका हुन । यसअघि जिल्ला अस्पताल बाजुरामा कार्यरत डा. विष्टले हाल अस्पतालमा ओपिडिको काम गरिरहेको बताए । काठमाण्डौ विश्वविद्यालयबाट एमबिबिएस गरेका डा. बिष्ट २२ महिनाको लागी करारमा मालाखेती आएका हुन । नेपाल सरकारको छात्रवृत्ति कोटामा अध्ययनरत उनी अनिवार्य सरकारी सेवाका लागी जिल्ला अस्पताल बाजुरा गएका थिए । २ वर्षे अवधी भएपनि २ महिना बाजुरा बिताएका उनलाई मन्त्रालयले मालाखेतीमा पठाएको हो ।

अस्पतालमा हाल ओपिडि सेवा हेरीरहेका डा. बिष्टले अस्पतालमा स्थानियबासीहरुले दैनिक सयौको संख्यामा सेवा लिन आईरहेको बताए । ‘म आएको दिन देखि मैले विचार गरेअनुसार अस्पतालमा आईतबार र सोमबार विरामीहरुको संख्या बढी हुन्छ’ उनले भने ‘सुरुवाती दुई दिनमा करिब डेढ सयको हाराहारीमा विरामीहरु सेवा लिन आउँछन, त्यसपछिका दिनहरुमा विस्तारै केही कम हुदै जान्छन ।’

उनले अस्पताल अझै पनि व्यवस्थीत रुपले सञ्चालन हुन नसकेका कारण केहि दिन अझै पनि सेवाग्राहीहरुले मालाखेतीको सट्टा धनगढीका अस्पतालहरुमा सेवा लिन जाने परिपाटी कम नहुँने बताए ।

गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले गत साउन महिनामा अस्पतालमा नवौ तहको डाक्टर नियुक्तिका लागी स्वास्थ्यमन्त्री भवानी प्रसाद खापुङसँग भेटवार्ता गरेका थिए । भेटवार्ता सकारात्मक भएको भन्दै उनले केही दिन भित्रै अस्पतालमा नवौ तहको एमडिजिपि डाक्टरको नियुक्ति हुने अत्तरिया खबर दैनिकलाई बताएका थिए ।

नगरप्रमुख भट्टले भने अनुसार नै डाक्टर अन्वेष कोईरालाले यही भदौ ६ गतेदेखि मालाखेती अस्पतालमा हाजिरी लगाएका थिए । नगरप्रमुख भट्टले अस्पताललाई व्यवस्थीत रुपमा सञ्चालन गरी मालखेतीमै सबै किसिमका स्वास्थ्य सेवाहरु प्रदान गर्ने लक्ष्यका साथ लागेको बताए ।

यसक्षेत्रका विरामीहरुले धनगढीका निजि अस्पतालहरुमा जाने क्रम रोक्न मालाखेती अस्पताललाई सुविधासम्पन्न बनाउने आफ्नो लक्ष्य रहेको उनले बताए । उनका अनुसार अझै केही दिन भित्र अस्पतालमा २ जना मेडिकल अफिसरहरु करारमा नियुक्त हुदैछन ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.