माटो जोगाऔं अभियानका अभियान्ता मगरद्धारा अत्तरियामा प्रशिक्षण

अत्तरिया – माटो जोगाऔं अभियानका अभियान्ता नवीन पुन मगरले अत्तरियामा रहेको सुदूरपश्चिम माविका विद्यार्थीलाई प्रशिक्षण दिएका छ । ‘माटो जोगाउनका लागि दौड, ३५०० किलोमिटर सातै प्रदेश’ अभियान संचालन गरेका मगरले ६५ औं दिनमा अत्तरियामा पुगेर विद्यार्थीहरुलाई माटो संरक्षणका बारेमा प्रशिक्षण दिएका हुन ।

maya metro hospital

सदगुरुको माटो जोगाउ अभियान अन्तर्गत २ हजार ७३२ किलोमिटर दौड पुरा गरेर अत्तरिया पुगेका मगर दैडकै क्रममा माटोको संरक्षणका बारेमा बिभिन्न जनचेतनामुलक कार्यक्रम गर्दै आएका छन ।

joshi vada pasal 2

अत्तरियामा विद्यार्थीहरुलाई प्रशिक्षण दिदै मगरले यही गतीमा माटो बिग्रदै गएमा २० देखि २५ बर्षमा उत्पादनमा ४० प्रतिशत कमि आउने बताए । उनले जनसंख्या भने ८ अर्व बाट बढेर १० अर्व पुग्ने र, जसले गर्दा विश्वमा भोकमरी आउन सक्ने बताए ।

अभियानकै क्रममा मगर मंगलबार अत्तरियाबाट महेन्द्रनगरको यात्रामा निस्किएका छन । काठमाण्डौंबाट सुरु भएको उनको यो अभियान ३५०० किलोमिटर यात्रा पुरा गरेपछि काठमाण्डौं मै पुगेर समापन गरिने जनाइएको छ । मगरले ७५ दिनमा ३ हजार ५ सयमिटरको म्याराथुन दौड पुरा गर्दै देशका ७७ जिल्लामै माटो जोगाउनका लागि सचेतना अभियान सहित दौड पुरा गर्ने लक्ष्य रहेको बताएका छन ।

माटो जोगाऔँ अर्थात् सेव सोइल सद्गुरुद्वारा शुरु गरिएको विश्वव्यापी अभियान हो । जसले माटोको सङ्कटपूर्ण अवस्थाबारे सम्बोधन गर्न संसारभरिका मानिसहरूलाई एकजुट बनाउँदै माटोलाई स्वस्थ राख्नको लागि आवाज उठाउन आह्वान गर्दछ ।

यो अभियानले सबै राष्ट्रका नेतृत्वकर्ताहरूलाई खेतीयोग्य माटोमा जैविक पदार्थ बढाउनेतर्फ राष्ट्रिय नीति बनाउन र त्यसलाई कार्यान्वयन गर्न सहयोग गर्छ । यहि अभियानका क्रममा सद्गुरुले ६५ वर्षको उमेरमा २७ राष्ट्रहरू हुँदै, १ सय दिनमा दिनमा ३० हजार किलोमिटरको एकल मोटरसाइकल यात्रा पुरा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.