
गुल्मी – ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा किशोर पक्राउ परेका छन् । गुल्मीको मालिका गाउँपालिका–७ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो ।
किशोरमाथि ती महिलालाई मालिका गाउँपालिका–६ राहले कुमाल पंधेराको जंगलमा शुक्रबार साँझ जबरजस्ती करणी गरेको आरोप छ । प्रहरी चौकी मर्भुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



















