सुदूरपश्चिमका ६ जिल्लामा बाढीको खतरा 

 

अत्तरिया – जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज सुदूरपश्चिमका ६ जिल्लामा बाढीको खतरा रहेको जनाएको छ । महाशाखाका अनुसार कैलाली, अछाम, डोटी, डडेल्धुरा, बैतडी र दार्चुलामा बाढीको खतरा रहेको छ ।

Karma Consultancy
belauri nagarpalika

वर्षाका कारण ती जिल्लामा बहने केही स–साना नदीहरुमा बहाब बढ्ने र केहीमा आकस्मिक बहाब समेत हुन सक्ने पूर्वानुमान महाशाखाले गरेको छ । बहाब बढ्ने जिल्लाको तटीय क्षेत्रमा रहने सर्वसाधरणलाई सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

citizen security services
attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.