खाेज्नुहाेस

फोहोर फाल्नेलाई २५ हजार जरिवाना तिराईयो

Image

काठमाडौँ – सामाजिक सञ्जालमा धोबीखोलामा फोहोर फालिरहेको भिडियो र फोटोको चर्चा आएपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले उक्त कम्पनीलाई कार्बाहि गरेका छन्। शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत प्राक्टिकल बेष्ट सोलुसन प्रा.लि लाई नियमअनुसार जरिवाना गराइएको बताएका हुन्।

navjiwan hospital

उनले भनेका छन्, ‘हिजो र आज सामाजिक सञ्जालमा धोबीखोलामा फोहोर फालिरहेको भिडियो र फोटोको चर्चा भइरहेको छ । सो सामग्रीको छानविन गरि उक्त कार्यमा सम्लग्न कम्पनीलाई नियम अनुसार रु. २५,००० (पच्चिस हजार रुपैयाँ) जरिवाना गरेका छौँ ।’

attariya hospital

साथै उनले कुनै पनि अवाञ्छित कार्यहरु कसैले पनि नगर्न र कसैले गरेमा त्यसप्रति सबै चनाखो रहन जरुरी रहेको समेत बताएका छन्। यस्ता कार्यहरु सार्वजनिक गरेर महानगरसम्म पुर्याइदिएकोमा उनले धन्यवाद लिएका छन्। आगामी दिनहरुमा यस्ता कार्य नदोहोर्याउन र गरेको देखेमा सार्वजनिक ध्यानाकर्षणमा ल्याइदिन उनले अनुरोध गरेका छन्।

त्यसअघि हिजो धोबिखोला रातोपुल नजिकै एक स्काभेटरले फोहोर खोलामा फ्याल्दै गरेको फोटो र भिडियो भाइरल भएको थियो।