काठमाडौँ – भक्तपुरमा जाली नोटसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका-८ सूर्यविनायक बस्ने ३० वर्षीय निरबिकार प्रजापति रहेको प्रहरी परिसर भक्तपुरले जनाएको छ।
प्रहरीले उनलाई एक हजार दरका १३ थान जाली नेपाली नोट सहित आइतबार पक्राउ गरेको हो।खाजा पसलमा प्रजापतिको साथमा जाली नोट छ भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग दरबार स्क्वायरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त जाली नोट सहित फेला पारी पक्राउ गरेको परिसरले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।