खाेज्नुहाेस

देशभर वर्षाको सम्भावना

Image

अहिले देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहनेछ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न ठाउँमा पानी पर्नेछ।

navjiwan hospital

आज देशको पहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। तराईका केही स्थानमा पनि हल्का वर्षा हुनेछ।

attariya hospital

अहिले पनि देशभर आशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज राति प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा अन्य प्रदेशका थोरै स्थानमा मनसुनी वायुको प्रभावले हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।