खाेज्नुहाेस

लौरोले हानेर श्रीमतीद्धारा श्रीमानको हत्या

Image

दाङ – दाङमा श्रीमतीले लौरोले हानेर श्रीमानको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । घोराही उपमहानगरपालिका–१४ मा बस्दै आएकी भारत बलरामपुर घर भएकी ३७ वर्षीया गायत्री नेपालीले ३३ वर्षीय श्रीमान पंकज गुप्ताको हत्या गरेको प्रहरीले दाबी गरेको छ । हत्याको आरोपमा प्रहरीले गायत्रीलाई पक्राउ गरि अनुसन्धान थालेको छ ।

navjiwan hospital

श्रीमानले रक्सी खाएर आफूलाई कुटपिट गरेपछि त्यसको प्रतिकार गर्न खोज्दा श्रीमानको मृत्यु भएको उनले प्रहरी समक्ष बयान दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए । ‘श्रीमान–श्रीमतीबीच पटक पटक झगडा हुने गरेको रहेछ’, प्रहरी प्रमुख काफ्लेले भने, ‘त्यही क्रममा सोमबार बिहान विवादका क्रममा श्रीमतीले लौरोले हान्दा श्रीमानको मृत्यु भएको रहेछ ।’

attariya hospital

प्रहरीका अनुसार उनीहरु घर झगडाकै कारण पटक–पटक प्रहरी कार्यालयमा समेत पुग्ने गरेका थिए । भारत स्थायी घर भए पनि लामो समयदेखि तुलसीपुर-१३ फुलवारीमा बस्दै आएका उनीहरु केही समय अघि मजदुरी गर्न घोराही सरेका थिए ।