खाेज्नुहाेस

कृष्णपुरको ‘इको पार्क’ निमार्ण विवादमा

Image

कञ्चनपुर – कञ्चनपुरमा पूर्वपश्चिम राजमार्गअन्तर्गत कृष्णपुर नगपालिकाको वन क्षेत्रमा इको पार्क निर्माण विवादमा परेको छ । पार्क निर्माणका नाममा घना वन क्षेत्र अतिक्रमण हुन थालेपछि चार महिनादेखि काम रोकिएको हो । आफूहरूसँग समन्वय र सहमति नभएकाले काम रोकेको डिभिजन कार्यालयले जनाएको छ ।

सालको घना वन क्षेत्रमा ठुल्ठूला रूखको बीचमा पर्खालदेखि भवनलगायत भौतिक संरचना निर्माणाधीन छन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कञ्चनपुरको कृष्णपुर नगरपालिकाको साझेदारीमा साढे तीन करोडभन्दा बढी लगानीमा गत वर्षदेखि नै विभिन्न संरचना निर्माण भइरहेका हुन । डिभिजन वन कार्यालयसँग कुनै समन्वय र सहमतिबिना नै नगरपालिकाले काम गरिरहेको छ । वन कार्यालयले जग्गा प्राप्तिको प्रक्रिया नै नभएको जनाएको छ ।

attariya hospital

वनमा सिमसार क्षेत्र पनि छ ।  सानो ताल भएकाले गडबिजुला सामुदायिक वनले दुई वर्षअघि इको पार्क निर्माण गर्ने निर्णय गरेको थियो । पर्यटन मन्त्रालयले जग्गा प्राप्तिको प्रक्रिया पु¥याएर मात्रै निर्माण सुरु गर्न बजेट छुट्याएको थियो । मन्त्रालयले २ करोड ४० लाख र कृष्णपुर नगरपालिकाले १ करोड २८ लाख बजेट छुट्याएको हो । ०७७ फागुनमा उक्त बजेट छुट्याइएको पत्र कृष्णपुर नगरपालिकालाई पठाइएको छ । नगरपालिकाले ०७८ मा टेन्डर आह्वान गरेर ठेक्का प्रक्रिया अघि बढाएको थियो । ०७८ कात्तिकदेखि निर्माण सुरु भएको हो ।

navjiwan hospital

पार्क निर्माणलाई प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन (ईआईई) र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण भए/नभएकोबारे समेत वन कार्यालयलाई जानकारी नभएको सबडिभिजन वन कार्यालय वाणीका प्रमुख सहायक वन अधिकृत बालमुकुन्द भट्टले बताए ।

‘इको पार्कको स्वामित्व कसको रहने, जग्गा प्राप्तिको प्रक्रियाबारे केही निर्णय भएको छैन,’ भट्टले भने, ‘प्रक्रियाबिना नै धमाधम भौतिक संरचना ठड्याउने काम भइरहेको थियो, हामीले थाहा पाएपछि रोकेका हौं ।’ उनका अनुसार करिब १० हेक्टर वन क्षेत्रमा पर्खालदेखि भवनलगायत संरचनाहरू निर्माण भइरहेका थिए ।

पर्यटन विकासका नाममा वन क्षेत्रमा जथाभावी संरचना निर्माण गर्नु गलत भएको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख शम्भु तिवारीले बताए । उनले जग्गा प्राप्तिको प्रक्रिया पूरा भएपछि मात्रै संरचना निर्माण हुन सक्ने जनाए । उता गडबिजुला सामुदायिक वनका अध्यक्ष अक्कल बोहराले इको पार्क निर्माणका विषयमा डिभिजन वन कार्यालय र सबडिभिजनलाई जानकारी गराइएको बताए ।