खाेज्नुहाेस

बझाङमा सहकारीबाट ५ लाख चोरी 

Image

बझाङ – बझाङमा सहकारी संस्थाबाट ५ लाख रुपैयाँ चोरी भएको छ । बित्थडचिर गाउँपालिका–२, स्याँडीस्थित बित्थडचिर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट पाँच लाख २१ हजार ८०५ रुपैयाँ चोरी भएको हो ।

navjiwan hospital

उक्त संस्था रहेको भवनको मूलढोकाको ताला फोडी अपरिचित व्यक्तिहरूले कोठामा रहेको सेफलाई सहकारी संस्थाको भवनदेखि अन्दाजी २०० मिटर टाढा लगी तोडफोड गरी सेफमा रहेको उक्त नगद चोरी गरी फरार भएको बताइएको छ ।

godawari nagarpalika dadhelo
attariya hospital

चोरीमा संलग्नहरूको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।