बझाङ – स्थानीय तहको निर्वाचनको मतगणनाका लागि सिसी क्यामेरा जडान गरिएको छ । बझाङ जिल्लाको १२ वटै मतगणनास्थलमा सिसी क्यामेरा जडान गरिएको हो ।
निर्वाचन आयोगले मतगणनास्थलमा सिसी क्यामेरा अनिवार्य गरेकाले जिल्लाको सबै मतगणनास्थलमा सिसी क्यामेरा जडान गरेको जिल्ला निर्वाचन कार्यालय बझाङका प्रमुख विमलप्रसाद गौतमले बताए ।



जयपृथ्वी नगरपालिकाको मतगणना जिल्ला जिल्ला अदालतमा गरिने भएको छ भने अन्य ११ वटा पालिकाको मतगणना पालिकाको केन्द्रमा नै गरिने छ ।
जिल्लामा २ नगरपालिका र १० वटा गाउँपालिका गरी १२ वटा पालिका रहेका छन् । जसमा ९४ वटा वडा रहेका छन्। यो निर्वाचनमा जिल्लामा १८ वटा राजनीतिक दलले भाग लिएका छन् । जिल्लामा निर्वाचनका लागि ४ सय ९४ पदका लागि १ हजार १९३ जना प्रतिस्पर्धामा रहेका छन् ।
जसमा ९ जना निर्विरोध भइसकेका छन् । अब ८ सय ८५ पदका लागि मात्रै निर्वाचन हुनेछ। जिल्लामा १ लाख २२ हजार १३७ मतदाता रहेका छन् ।
