बझाङ – भोट हाल्ने विषयमा झडप हुँदा बझाङमा एक जना घाईते भएका छन ।

जिल्लाको सुर्मा गाउँपालिका – ५ सैनगाउँमा भोट हाल्ने विषयमा कांग्रेस र एमालेका कार्यकर्ता बिच झडप हुँदा एक जना घाईते भएको प्रहरीले जनाएको छ ।


झडपमा परि नेकपा एमालेका कार्यकर्ता रामबहादुर बोहराको आँखामा चोट लागेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
अशक्त, अपांग व्यक्तिहरुको भोट के कसरी हाल्ने भन्ने विषयमा छलफल भइरहेको बेला दुवै पक्षबीच सामान्य झडप र सुरक्षाकर्मीले झगडा साम्य पारेको बझाङ प्रहरीले जनाएको छ ।


















