अत्तरिया – बझाङबाट नेपाली कांग्रेसमा आवद्ध महिला नेतृहरुले स्थानीय तहको निर्वाचनमा महिला सहभागिता बन्चित गरिए निर्वाचन बहिस्कार गर्ने चेतावनी दिएका छन । महिला नेतृहरुले एक प्रेस विज्ञप्ती जारी गर्दै संबिधानले सुनिश्चित गरेको अधिकारलाई व्यवास्था गरेमा सम्पूर्ण महिलाहरु आन्दोलमा उत्रिने चेतावनी दिएका छन ।
‘राजनीतिक दलहरुले कुनै एक पदमा मात्रै उम्मेदवारी दिदाँ महिलाहरुलाई अनिवार्य सहभागि गर्नु पर्ने प्रावधानलाई संशोधन गर्ने निर्वाचन आयोगको पछिल्लो विज्ञप्ती प्रति नेपाली कांग्रेसमा आवद्ध हामी सम्पूर्ण महिलाहरु घोर आपत्ती प्रकट गर्दछौ’ विज्ञप्तीमा भनिएको छ ‘संबिधानले सुनिश्चित गरेको अधिकारलाई कुनै पनि दलले व्यवास्था गरेमा सम्पूर्ण महिलाहरु आन्दोलनमा आउने व्यहोरा अवगत गराउन चाहन्छौ ।’



विज्ञप्तीमा कांग्रेस बझाङबाट प्रतिनिधित्व गर्ने महासमिति सदस्य, प्रदेश कार्य समिति सदस्य, जिल्ला समिति सदस्य लगायतका गरी २१ जना महिला नेतृहरुले हस्ताक्षर गरेका छन ।

सम्बन्धित समाचार : मेयरमा महिलाको दाबी न्यून


















