घोडाघोडी – कैलालीको घोडाघोडी सिमसारलाई नेपालकै पहिलो बर्ड सेन्चुरी (पन्छी अभयारण्य) क्षेत्र घोषणा गरिएको छ । शुक्रबार एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रीलोचन भट्टले सिमसारलाई बर्ड सेन्चुरी क्षेत्र घोषणा गरेका हुन ।
कार्यक्रममा बोल्दै भट्टले नेपालकै पहिलो बर्ड सेन्चुरीलाई सबैले मिलेर व्यवस्थित तरीकाले अगाडी बढाउनु पर्ने बताए । उनले प्रदेश सरकार मार्फत घोडाघोडीमा भ्यु–टावर निर्माण गरिने बताए ।


सुदूरपश्चिम प्रदेशको उधोग पर्यटन वन तथा वाताबरण मन्त्रालयको सहकार्य र घोडाघोडी नगरकार्यपालिको आयोजना वर्ड सेन्चुरी घोषणा गरिएको हो ।
प्रदेश सरकारको कानूनलाई टेकेर बर्ड सेन्चुरी घोषणा गर्न गरिएको घोडाघोडी पर्यटन बोर्डका कार्यकारी उपाध्यक्ष दयाराम चौधरीले बताएका छन ।
घोडाघोडी सिमसार क्षेत्र १० हजार ५७० हेक्टर क्षेत्रफलमा फैलिएको छ । तर, बर्ड सेन्चुरी करिब छ हजार भन्दा बढी हेक्टर क्षेत्रफललाई समेटेर बनाइदैछ ।
मान्छेले बर्ड सेन्चुरी घोषित क्षेत्रमा जान पाउने तर, चराको संसारलाई हस्तक्षेप गर्न नपाइने जनाइएको छ । घोडाघोडी सिमसारमा रैथाने प्रजातिको साथै चरा प्रजाति सङ्ख्या बढ्दै गएको छ ।

















