खाेज्नुहाेस

हेलिटुर मार्फत २५० जना पुगे खप्तड

Image

डोटी– सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तडमा दुई सय ५० जना पर्यटकले भ्रमण गरेका छन् । फागुन १ गतेबाट १४ गते सम्म सञ्चालन भएको हेलिटुर मार्फत दुई जना विदेशी पर्यटक र दुई सय ४८ जना आन्तरिक पर्यटक खप्तड पुगेका हुन् ।

navjiwan hospital

खप्तड राष्ट्रिय निकुञ्ज र प्रमुख धार्मीक स्थल बडीमालिकाका लागि हेलीटुर सञ्चालन गरिएको भए पनि अत्याधिक हिउँका कारण बडीमालिकामा हेलिकप्टर ल्याण्ड गर्न नसकिएको आयोजकले जनाएको छ ।

attariya hospital

चिसोको समयमा सुनसान जस्तै देखिने खप्तड क्षेत्रमा हेलिटुर सञ्चालन भएपछि पर्यटकलाई आवत जावतका लागि सहज भएको थियो । कोरोना महामारीले केही वर्ष थला परेको यस क्षेत्रको पर्यटन क्षेत्रले हेलिटुर सञ्चालन पछि गति लिएको छ ।