अछाम – अछाम घर भइ काठमाडौंमा पत्रकारिता गर्दै आएका पत्रकार एलबी विश्वकर्माको मृत्यु भएको छ । बुधबार राति ३ बजे अचानक मुटुमा समस्या देखिएर उपचारका लागि पाटन अस्पताल लैजाँदा डाक्टरले उनलाई मृत घोषणा गरेको उनका भाई ललित टमाटाले जानकारी दिए ।

पत्रकार तथा युवा लेखक विश्वकर्माको एन्टिजेन परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएको बताइएको छ । उनी टीभी टुडे टेलिभिजनमा कार्यरत रहेका थिए ।

उनी क्रियाशील दलित पत्रकार संघका केन्द्रीय सदस्य समेत रहेका थिए ।

















