खाेज्नुहाेस

कञ्चनपुरको शुक्लाफाटामा भोलिदेखि बुस्टर डोज लगाइने

Image

अत्तरिया – कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाले भोलिदेखि कोरोना रोग विरुद्धको खोप अभियान अन्तरगत बुस्टर डोज (कोभिसिल्ड) लगाउने भएको छ ।

नेपाल सरकारको खोप अभियान अन्तरगत पहिलो पंक्तिमा खटिएका स्वास्थ्यकर्मी, संचारकर्मी, महिला स्वास्थ्य स्वंय सेविका, सुरक्षाकर्मी, सरसफाइकर्मीलाई यो डोज लगाउन लागिएको हो ।

attariya hospital
navjiwan hospital

नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख प्रमानन्द भट्टले खोप अभियानका लागि १ हजार डोज नगरपालिकालाई उपलब्ध भएको बताए । उनले झलारीमा रहेका सशस्त्र प्रहरीलाई लक्षित गरी खोप ल्याइएको बताए ।

खोप लगाउनका लागि श्रावण महिना सम्म कोभिशिल्डको दोस्रो मात्रा पुरा भएको कार्ड अनिवार्य पर्ने जनाईको छ । खोप अभियान झलारी स्वास्थ्य चौकीमा भोली र पर्सि संचालन हुने नगरपालिकाले जनाएको छ ।