खाेज्नुहाेस

कोरोनाको जोखिमलाई बेवास्ता गर्दै गोदावरीमा हजारौंको भिड

Image

अत्तरिया – कैलालीको गोदावरी धाममा माघे संक्रान्तीको अवसरमा हजारौंको संख्यामा दर्शनार्थीहरुले स्नान गरेका छन । कोरोना महामारीका कारण यस बर्ष आयोजना गरिएको अर्धकुम्भ मेलाका कार्यक्रम स्थगित गरिएको भएपनि गोदावरीमा स्नान, पुजाआजा गर्ने दर्शनार्थीहरुको भने घुइचो लागेको छ ।

दर्शनार्थीहरुले गोदावरी धाममा स्नान, पूजा पाठ यज्ञ अनुष्ठान, विवाह व्रतबन्धन लगायतका नित्यकर्म गरिएका छन । गोदावरी धाम विकास समितिले यस बर्ष मेला स्थगित गरिएको भएपनि ठूलो संख्यामा दर्शनार्थीहरु आएको जनाएको छ ।

attariya hospital

गोदावरी धाम विकास समितिका अध्यक्ष पदमराज जोशीले मेला स्थगित गरेको भनेर प्रचार गर्दा गर्दै पनि लाखौं मानिस गोदावरीमा स्नान गर्न आएको बताए । ‘वितगमै गोदावरी धामको व्यापक प्रचार प्रसार भइसकेको छ । यहाँ आएपछि मानिसहरुलाई सुख, शान्ती, समृद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ’ उनले भने ‘यही बिश्वासले गर्दा हामीले मेला स्थगित गर्दा र सरकारले प्रतिवन्ध लगाउँदा पनि यहाँ लाखौंको संख्यामा मानिस आएका छन । नदी किनार पुरै भरिएको छ । स्नान गर्ने, दर्शन गर्नेको पनि संख्या उतिकै छ ।’

navjiwan hospital

उनले मेलामा आफूहरुले कोरोनाबाट जोगिनका लागि सचेतनाका कार्यक्रम संचालन गरिरहेको बताए ।

गोदावरी सन्यास आश्रमका महन्त तुलसी गिरीले कोरोनाका कारण सरकारले भिडभाड गर्न रोक लगाएको भएपनि मानिहरु गोदावरी धामको आस्थाकै कारण स्वस्फुर्त रुपमा आउने गरेको बताए । उनले कोरोना महामारीका कारण भारत हरिद्धारा जान समस्या भएकाले त्यहाँ जाने मानिस पनि गोदावरीमा आउन लागेको बताए ।

गोदावरी धाम विकास समितिले २०७२ सालमा महाकुम्भ मेला आयोजना गरेपछि त्यसपछिका बर्षमा माघ १ गते कुम्भमेला आयोजना गर्दै आएको थियो भने यस बर्ष महाकुम्भ मेला आयोजना भएको ६ बर्ष पुगेकाले अर्धकुम्भ मेला आयोजना गरिने जनाइएको थियो । तर, उक्त मेला कोरोनाका कारण स्थगित गरिएको थियो ।

यता जिल्ला प्रशासन कार्यालयले पनि आदेश जारी गर्दै मेला, महोत्सवमा रोक लगाएको छ । प्रशासनले २५ जना भन्दा बढी सार्वजनि स्थलमा भेला नहुन भनेको थियो । तर, प्रशासनको आदेश र कोरोनाको जोखिमलाई बेवास्था गर्दै गोदावरी धाममा हजारौंको उपस्थिति रहेको छ भने मेलामा स्वास्थ्य मापदण्डको पालनामा समेत बेवास्ता गरिएको थियो ।