खाेज्नुहाेस

आज ३०० औं पृथ्वी जयन्ती मनाईदैं

Image

अत्तरिया – आज ३०० औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदैछ । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर आज यो दिवस मनाउन लागिएको हो

१७७९ साल पुस २७ गते गोर्खामा जन्मिएका शाहले आफ्नो शासनकालमा चार दर्जनबढी साना साना राज्यलाई जोडेर नेपालको एकीकरण गरेका थिए ।

attariya hospital
navjiwan hospital

भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ । नेपालको भौगोलिक एकीकरणका लागि महत्वपूर्ण योगदान दिएका शाहको निधन विसं १८३१ माघ १ गते नुवाकोटको देवीघाटमा भएको थियो ।

पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी गोदावरी नगर समितिले अत्तरिया चोकमा कार्यक्रमको आयोजना गर्ने भएको जनाएको छ ।