डडेल्धुरा – दुई जनामा कोरोना संक्रमण देखिएपछि डडेल्धुराको परशुराम नगरपालिका ३ दिनका लागी बन्द गरिएको छ ।

कर्मचारीमा कोरोना देखिएपछि एक सूचना जारी गर्दै नगरपालिकाले आइतबारदेखि मंगलबारसम्म अति आवश्यकबाहेकका सेवाहरू बन्द गरेको हो ।

तर, नगरपालिकाको कार्यालय मातहतका अन्य सम्पूर्ण कार्यालयबाट प्रदान गरिने सेवा यथावत् रहने बताइएको छ । संक्रमण देखिएका कर्मचारीहरू आइसोलेसनमा बसेका छन् ।
उनीहरूको सम्पर्कमा आएका अन्य कर्मचारीहरूको कोरोना परीक्षण गरिने प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरुले जानकारी दिए ।















