अत्तरिया – कैलालीको सेती प्रादेशिक अस्पतालमा गरिने कोरोना परिक्षणमा संक्रमित हुनेको दर बढ्दै गएको छ । एक साता अघिको तथ्याङ्क अनुसार संक्रमण दर ६ प्रतिशतको हाराहारीमा रहेकोमा आज बढेर २२ प्रतिशत पुगेको छ ।
आज ३६ नमूनाको मात्रै कोरोना परिक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको छ । यो साता सेतीमा आईतबार कोरोना परिक्षण गरिएको थिएन भने सोमबार ४८ नमूनाको कोरोना परिक्षण गरिएकोमा ३ जनामा संक्रमण पुष्टि भएको थियो ।


मंगलबार ३५ नमूनाको परिक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको थियो भने बुधबार ४४ नमूनाको कोरोना परिक्षण गर्दा २ जनामै संक्रमण देखिएको थियो ।
त्यस्तै बिहिबार २४ नमूनाको परिणण गर्दा २ जनामा संक्रमण देखिएकोमा शुक्रबार संक्रमण ५६ नमूनाको परिक्षण गर्दा ६ जनामा संक्रमण देखिएको थियो ।
पछिल्लो २४ घण्टामा १ कोरोना संक्रमित कोरोना उपचारका लागि अस्पताल भर्ना भएका छन भने १ संक्रमित डिस्चार्ज भएका छन । हाल सेतीमा २ कोरोना संक्रमित उपचाररत रहेका छन । जसमध्ये एक जनाको आइसीयु र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाएका छन ।











