कञ्चनपुर – नेपाली काग्रेसका केन्द्रिय सदस्य एवम् पुर्वमन्त्री एनपी साउदले कञ्चनपुरका शुक्लाफाँटा आरक्ष पीडितहरुको समस्या समाधान वर्तमान सरकारले नै गर्ने बताएका छन ।
नेपाल प्रेस युनियन कञ्चनपुरले महेन्द्रनगरमा शुक्रवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन । उनले आफुले प्रतिनिधीमण्डल सहित प्रधानमन्त्री र अन्य सरोकारवालाहरुसंग आरक्षपीडितहरुको समस्या राखिसकेको बताए ।

‘आरक्ष पीडितको व्यवस्थापन गर्नका लागि प्राविधिक कार्यहरु सम्पन्न भइसकेको छ । अब यो कार्यान्वयमा जान्छ’ उनले भने ‘सुकुम्वासी एवम् अव्यवस्थित बसोबासीहरुको भुमि सम्बन्धी समस्या समाधानका लागि समेत सरकारले पहल गरिरहेको छ ।’

उनले यसअघिको दुई तिहाईको सरकार भएर समेत कुनै पनि नागरिकलाई जग्गा वितरणको कार्य गर्न नसकेको बताउदै वर्तमान सरकारले प्रभावकारी रुपमा कार्य गरीरहेको बताए ।
उनले प्रधानमन्त्री शेर बहादुर देउवा भुमिहीनहरुको समस्या समाधान गर्नका लागि गम्भीर रहेको बताउँदै उनले कञ्चनपुरका अन्य समस्या समाधान गर्नका लागि समेत आफुले प्रधानमन्त्री देउवालाई आग्रह गरेको बताए ।
यसअघि प्रधानमन्त्री देउवाले पुस १३ गते शुक्लाफाँटा आरक्ष पीडितका समस्या एक साता भित्र सामाधान गर्ने बताएका थिए । उनले कांग्रेस नेता एनपी साउदको नेतृत्वमा गएको आरक्ष पीडित संघर्ष समितिका पदाधिकारीसँगको भेटमा सो प्रतिबद्धता जनाएका थिए ।
सम्बन्धित समाचार : ७ दिनभित्र शुक्लाफाँटा आरक्ष पीडितको समस्या समाधान गर्ने देउवाको प्रतिबद्धता

















