अत्तरिया – राष्ट्रिय सभाका लागि सुदूरपश्चिमबाट नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले उम्मेदवार टुङ्ग्याएका छन । तिनै पार्टीले ५ जना उम्मेदवारको नाम टुङ्गो लगाएका हुन । जसमा कांग्रेसबाट नारायण मिश्र उम्मेदवार बनेका छन भएका छन । मिश्र नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशको सभापतिमा पराजित भएका थिए । उनी जिल्ला विकास समितिका पूर्वसभापति पनि हुन् ।
नेकपा एमालले पनि राष्ट्रिय सभाका लागि उम्मेदवारको नाम टुङ्ग्याएको छ । जसमा सुदूरपश्चिम प्रदेशबाट नरेश बिक (दलित), सन्तोषकुमारी शर्मा थापा (महिला) र डिल्लीराज विष्ट (खुला) लाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यसैबिच नेकपा (एकीकृत समाजवादी) ले सुदूरपश्चिम प्रदेशबाट पार्टीकी केन्द्रीय सदस्य तथा सुदूरपश्चिम इन्चार्ज मदनकुमारी शाह (गरिमा) लाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाएको छ । शाह महिला तर्फबाट उम्मेदवार भएकी हुन् ।

माओवादी केन्द्रले भने उम्मेदवारको नामावलीबारे अहलेसम्म आधिकारिक जानकारी दिएको छैन ।
सुदूरपश्चिममा रिक्त राष्ट्रियसभा सदस्यका लागि सत्तारुढ नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीबीच गठवन्धन भएको छ ।
राष्ट्रिय सभा निर्वाचनका लागि २० पुसमा उम्मेदवारी दर्ताको समय तोकिएको छ । आगामी २० फागुनमा रिक्त हुन लागेका १९ राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि चुनाव हुँदैछ ।
















