खाेज्नुहाेस

अछामबाट सुत्केरीको एक सातापछि उद्धार

Image

अछाम – अछामबाट सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । सुत्केरी महिलोको स्वास्थ्यमा जटिल समस्या आएपछि थप उपचारका लागि ढकारी गाउँपालिका – ७ की १७ बर्षिय गौरी नेपालीलाई हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।

घरमै सुत्केरी भएकी नेपालीको स्वास्थ्यमा समस्या बढ्दै गएपछि उनलाई हेलिकप्टर मार्फत उद्धार गरी कर्णाली प्रदेश क्षेत्रीय अस्पताल कालागाउँ सुर्खेतमा पठाइएको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासैनीले जानकारी दिए ।

attariya hospital
navjiwan hospital

१२ गते घरमै व्यथा लागेकी गौरीको कोखबाट १३ गते मृतक बच्चा जन्मेको थियो । कम उमेरमा बच्चा जन्माएका कारण महिलाको शरिरमा रक्तचाप र अक्सिजनको मात्रा न्यून भएपछि उनको जिल्ला अस्पताल अछाममा उपचार सम्भाव नभएको अस्पतालले जनाएको छ ।

जिल्ला अस्पताल अछामका सूचना अधिकारी गङ्गा बुढामगरले स्वास्थ्यमा समस्या आएको १ हप्ता पछि मात्रै अस्पताल ल्याउन उनको अवस्था जटिल बनेको बताए ।

उनका अनुसार रगत र अक्सिजनको मात्रा कम हुँदै जाँदा महिला काँप्दै गएपछि परिवारले उपचारका लागि स्वास्थ्य संस्थामा लैजानुको साटो झारफुकमा लाग्दा स्वास्थ्यमा थप समस्या आएको हो ।