काठमाडौँ – गायक राजेश पायल राईमाथि हातपात गर्ने पासाङ दावा शेर्पाले माफी मागेका छन् ।
गायक राईले फेसबुकमा राखिएको भिडियोमा आयोजकसँगै हातपात गर्ने पासाङ दावा शेर्पाले माफी मागेको र उनले माफी दिएको देखाइएको छ ।


सो क्रममा शेर्पाले आफूबाट दुव्यर्वहार भएको स्विकार्दै माफी मागेका छन् । ‘मैले उहाँमाथि दुव्र्यवहार गर्न पुगेछु, त्यसले गर्दा उहाँ (राजेश पायल राई) लाई धेरै डिस्टर्व भएको महसुस गरे,’ उनले भनेका छन्, ‘म राजेश दाइँसँग माफी माग्छु । उहाँको म ठूलो प्रशंसक हुँ ।’
अमेरिकाको न्यूयोर्कमा आयोजित कन्सर्टमा गीत गाइरहेका गायक राईमाथि उनले हातपात गरेका थिए । गायक राईमाथि भएको हातपातको चौतर्फी विरोध भएको थियो ।
गायक राईले पनि मानिसबाटै गल्ती हुने भन्दै आफूले माफी दिएको बताएका छन् । ‘मेरो धर्म नेपाली गीत संगीतलाई अन्तर्राष्ट्रियस्तर प्रतिस्पर्धा गर्न सकुन् भन्ने नै हो । म आज जहाँ छु यहाँहरूकै आर्सीवादले छु,’ उनले भने ‘अस्तिको घटनाबारे उहाँले माफी मागिसक्नु भएको छ, मेरो शुभचिन्तक, नेपाली गीत संगीतलाई मायाहरू र सम्पूर्णलाई हामीहरू मिलिसकेको कुरा जानकारी गराउन चाहन्छु ।’
देश बाहिर रहेकाले आ–आफ्नो कर्म गर्नुपर्ने बताउँदै गायक राईले अब गली नगर्न पनि आग्रह गरेका छन् ।


















