अत्तरिया – नेकपा (एमाले) का नेता डा.भीमबहादुर रावलले आफुलाई नसोधि केन्द्रिय सल्लाहकार सदस्यमा राखिएको भन्दै आपत्ती जनाएका छन । शनिबार ट्विट गर्दै रावलले टिका लगाएर पद दिनु आपत्ती जनक भएको बताएका छन ।

उनले लेखेका छन ‘मलाई नेकपा (एमाले) को केन्द्रिय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो । यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्ति जनक छ ।

यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ ।’
सम्बन्धित समाचार : डा. भिम रावललाई एमालेमा सल्लाहकारको जिम्मेवारी















