खाेज्नुहाेस

डा. भिम रावललाई एमालेमा सल्लाहकारको जिम्मेवारी

Image

काठमाडौं – नेकपा (एमाले) का नेता डा. भिम रावललाई केन्द्रिय सल्लाहकार परिषद् सदस्यको जिम्मेवारी दिईएको छ ।

एमालेको १० औ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली सँग पराजित भएका रावललाई केन्द्रिय सल्लाहकार परिषद् सदस्यको जिम्मवारी दिईएको हो ।

attariya hospital
navjiwan hospital

चुनावमा पराजित भएपछि जिम्मेवारीबिहीन भएका रावलले केन्द्रीय सदस्यमा नबस्ने बताएपछि उनलाई सल्लाहकारमा राखिएको एमालेका महासचिव शंकर पोखरेलले बताए ।

उनले थप जिम्मेवारीका लागि अध्यक्ष ओली र डा. रावलको परामर्शबमोजिम हुने स्पष्ट गरे । पार्टीको गत मङ्सिर २५ र २६ गतेको केन्द्रीय कमिटीको दोस्रो बैठकले सल्लाहकार परिषद्को सल्लाहकारमा अमृतकुमार बोहरालाई चयन गरेको थियो ।

सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनपछिका केन्द्रीय कमिटीको बैठकका निर्णयमा रावलको जिम्मेवारी पनि परेको जनाइएको छ । अछामबाट प्रतिनिधिसभामा निर्वाचित डा. रावलले आफू पार्टीमै रहने र यहाँभित्र देखिएका कमजोरी सुधार्न लागि पर्ने जनाउँदै आएका छन ।

maya metro hospital

गत मङ्सिर १० देखि १४ गतेसम्म चितवनमा भएको महाधिवेशनमा सर्वसम्मत नेतृत्व प्रस्तावअन्तर्गत उपाध्यक्ष पदमा निरन्तरता दिन बन्दसत्रमा अध्यक्ष ओलीले गरेको प्रस्तावमा डा. रावल तयार नभएपछि निर्वाचन भएको थियो ।