काठमाडौं – नेपाली कांग्रेसको १४औँ महाधिवेशन जारी सभापतिको मतगणनामा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् । उनलाई शेखर कोइरालाले पछ्याइरहेका छन् ।

१ हजार ३ सय ६ मतगणना हुँदा देउवाले ६२६ मत प्राप्त गरेका छन् । कोइरालाले ४८२ मत पाएका छन् ।

त्यस्तै प्रकाशमान सिहंले ११२, विमलेन्द्र निधिले ७८, कल्याण गुरुङले ४ मत पाएका छन ।
जम्मा ४६८९ मत खसेको थियो । सभापतिमा विजयी हुन कम्तीमा २३४० मत आवश्यक पर्ने छ ।

















