अत्तरिया कृषि सहकारीको साधारण सभा सम्पन्न, नाफा ३५ प्रतिशतले बढाउने लक्ष्य 

 

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका– १ मा रहेको अत्तरिया कृषि सहकारी संस्थाको साधारण सभा सम्पन्न भएको छ । शुक्रबार संस्थाको छठौं साधारण सभा एक औपचारीक कार्यक्रमका बिच सम्पन्न भएको हो ।

maya metro hospital

साधारण सभामा सहकारीको चालु आर्थिक  बर्षमा नाफा ३५ प्रतिशतले बढाउने लक्ष्य राखेको जनाएको छ । सहकारीकी प्रबन्धक सक्रान्ति भट्टले गत आर्थिक बर्षमा संस्थाको खुद नाफा १६ लाख ७६ हजार ८ सय २३ रहेकोमा चालु आर्थिक बर्ष २०७८/०७९ मा खुद नाफा २२ लाख ६२ हजार १ सय ४८ पुगाउने लक्ष्य रहेको बताइन् ।

citizen security services

उनले गत आर्थिक बर्षमा सहकारीको आम्दानी ५४ लाख ११ हजार ७ सय १६ रहेकोमा चालु आर्थिक बर्षका लागि आम्दानीको लक्ष्य ८० लाख ४५ हजार ५ सय रहेको बताइन् ।

attariya hospital

सहकारीले आम्दानीका श्रोतका रुपमा ऋणको व्याज, बैंक व्याज, सेवा शुल्क र कर्जा फारम, प्रवेश शुल्क, खाता बन्द शुल्क, शेयर लाभांस लाई आम्दानीका रुपमा औल्याइएको छ ।

सहकारीकी प्रबन्धक भट्टले हाल सहकारीमा कुल सेयर सदस्य ८ सय ७३ रहेको बताईन् । उनले सहकारीको कुल सेयर पुजी ४२ लाख ७२ हजार १ सय रहेको बताईन् । गत आर्थिक बर्षमा सहकारीको कुल पुजी ३ करोड ६० लाख ६८ हजार ५ सय ९ पुगेको थियो भने चालु आर्थिको बर्षको अन्तिम सम्म कुल पुजी ५ करोड  ३३ लाख ८३ हजार ८५ रहने अनुमान गरिएको छ ।

कार्यक्रममा सहकारीका लेखा समिति संयोजक नन्दराज भट्टले लेखा समितिले गरेको परीक्षणको आधारमा तयार पारिएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सहकारीका अध्यक्ष बिक्रम विश्वकर्माले अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख हरी सिह साउँद रहेका थिए ।

उद्योग खोल्न तर्फ जोड  

कार्यक्रममा बोल्दै नगरप्रमुख साउँदले सहकारीहरुलाई उद्योग खोल्न जोड दिएका छन । उनले सहकारी धेरै भएर लगानी योग्य पुजी बढेपनि त्यसबाट प्रतिफल पाउन उद्योग खोल्न आवश्यक रहेको बताए ।

‘जो समय अनुकुल चल्छ त्यसको विकास हुन्छ । तर, जो समय संगै चल्न सक्दैन त्यसको अवस्था विस्तार विस्तारै खस्किदै जान्छ’ उनले भने ‘अब व्यवसायी बन्न सबै सहकारीहरुले उद्योग खोल्न तर्फ जोड दिनु पर्छ ।’

उनले सहकारी मार्फत उद्योग खोल्न सकिए स्थानियले रोजगार पाउने र उत्पादित बस्तु पनि सहकारीका सदस्य मार्फत नै सजिलै खपत हुने बताए ।

हामीले अब समय खेल नफाली काम गर्न आवश्यक रहेकोमा नगरप्रमुख साउँदको  जोड थियो । ‘मेरो पनि केही समय पहिले अत्तरिया क्षेत्रमा साढे तिन बिगा जग्गा थियो । मैले केही व्यवसाय गरेन । अहिले १ विगामा झरिसके । ढाइ विगा जग्गा बेचिसके’ उनले भने ‘त्यही जग्गामा मैले मिहेनत गरेको भए । म पनि अहिले व्यवसायी बन्थे । मेरो प्रगती हुन्थ्यो । तर, व्यवसाय नगर्दा मेरो प्रगती भएन ।’

उनले आफूले भाडाको जग्गामै तरकारी खेती गरेर मात्रै बिगौ जग्गा किनेको मान्छे देखेको बताए । उनले आफू संग भएको श्रोत समयमै सही परिचालन गर्न सके आर्थिक रुपमा सबल बन्न सकिने बताए ।

‘हामी मेहनत परिश्रम गर्ने हो भने हाम्रो आर्थिक अवस्था कमजोर हुँदैन । तर, नेपालीहरुको बानी के छ भने थोरै काम गरेर खाने बानी छ’ उनले भने ‘यहाँ नेता पनि त्यस्तै छौ, जनप्रतिनिधि पनि त्यस्तै छौ । सबै यसै छौ ।’

उनले विदेशमा गएर नेपालीले जसरी काम गर्छन त्यसरीनै नेपालमा पनि मिहेनत गरेर काम गर्न आवश्यक रहेको बताए ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.