पर्यटन विकाशका लागी टीकापुर आइल्याण्ड साङ्गीतिक उत्सव हुने

भजनी – कैलालीको टीकापुर पार्क पर्यटन क्षेत्रको विकास तथा प्रचार–प्रसारका लागि टीकापुर आइल्याण्ड साङ्गीतिक उत्सव हुने भएको छ ।

maya metro hospital

आन्तरिक तथा बाह्य पर्यटकलाई टीकापुर पार्कमा केन्द्रित गर्ने तथा टीकापुर सर्किटमा पर्ने पर्यटकीय गन्तव्यको प्रचार–प्रसारका लागि तीनदिने साङ्गीतिक उत्सव आयोजना गर्न लागिएको हो ।

citizen security services

नमह कर्णाली एग्रो टुरिजम प्रालि सञ्चालक पृथ्वी रावलले साङ्गीतिक उत्सव यही मङ्सिर १७ देखि १९ गतेसम्म टीकापुर पार्कसँगै जोडिएको कर्णाली नदीको बीच टापुमा राष्ट्रिय तथा स्थानीय कलाकारका साथमा हुने जानकारी दिए ।

attariya hospital

उनले कोरोनाका कारण दुई वर्षदेखि शिथिल भएको पर्यटन क्षेत्रलाई माथि उठाउनका लागि र टीकापुर पार्क क्षेत्रको थप प्रचार प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गराउने उद्देश्यले साङ्गीतिक उत्सवको आयोजना गरिएको बताए ।

‘तीन दिनको अवधिमा करिब २५ हजार जनाले साङ्गीतिक उत्सवको अवलोकन गर्ने अपेक्षा लिएका छौँ भने टीकापुर पार्कको ३० हजारले अवलोकन गर्ने अपेक्षा छ’ उनले भने, ‘मुख्य उद्देश्य भनेकै टीकापुरभित्रका पर्यटन क्षेत्रको प्रचारप्रसार गर्नु नै हो ।’

साङ्गीतिक उत्सवको अवलोकनका लागि जाँदा टीकापुर पार्कको आम्दानीसमेत बढ्ने अपेक्षा गरिएको छ । कार्यक्रममा रमाउन जाने आन्तरिक पर्यटकले टीकापुर पार्कले लिँदै आएको शुल्क तिर्नुपर्ने भएका कारण पनि पार्कको आम्दानी बढ्ने देखिएको हो ।

अहिलेको सिजनमा पार्क अवलोकनका लागि दैनिक पाँच हजारसम्म आन्तरिक पर्यटक आउने गरेको पार्कमा कार्यरत विनोद चौधरी जानकारी दिए । प्रालिका अर्का सञ्चालक हंशराज रावलले पार्कको प्रचारप्रसारले व्यापार व्यवसायका साथै रोजगारीका अवसर पनि बढ्ने बताए ।

‘लामो समयदेखि हामीले टीकापुर पार्कसँगै जोडिएको कर्णाली नदीको टापुमा पर्यटकका लागि भनेर रिसोर्ट सञ्चालनमा ल्याउने गरेका छौँ । जहाँ कर्णाली नदीमा -याफ्टिङ सञ्चालन गर्दै आएका छौ’ उनले भने, ‘अहिलेसम्म यस क्षेत्रमा हाम्रो ४० लाखभन्दा बढी खर्च भइसकेको छ । अझै थुप्रै काम गर्न बाँकी छ । पर्यटन क्षेत्रको प्रचारप्रसार गर्न सके टीकापुर क्षेत्रलाई पर्यटन क्षेत्रको हबका रूपमा विकास गर्न सकिन्छ ।’

उनले कर्णाली चिसापानी पुलबाट सत्तीसम्म नदीमा ¥याफ्टिङको सञ्चालन भएको जनाउँदै कर्णाली नदीमा सानो पानीजहाज पनि चलाउन सकिने बताए ।

रासस

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.