खाेज्नुहाेस

बैतडीमा जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु, ६ जना घाइते

Image

बैतडी – बैतडीको मेलौली नगरपालिका–१ जिरो पोइन्टस्थित सौडानी खोलामा जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

बुधबार राति करिब ८ बजे डडेल्धुराबाट पञ्चेश्वरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १६३८ नम्बरको जीप अनियन्त्रित भएर दुर्घटना हुँदा पञ्चेश्वर गाउँपालिका–२ की ३५ वर्षीया सुना मंगोलाको मृत्यु भएको हो ।

attariya hospital
navjiwan hospital

दुर्घटनामा सोही ठाउँकी २२ वर्षीया सोमनी मंगोला, ११ वर्षीय अविनास राम लुहार, १६ वर्षीय निरज बस्केल र २४ वर्षीय करण सिंह मंगोलाको घाइते भएका छन। यस्तै, २२ वर्षीय सुनिल बस्केल र जीप चालक ३६ वर्षीय सन्तोष राम लुहार घाइते भएकाे प्रहरीले जनाएको छ ।

घाइते सबैको प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको छ । दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी नायब निरीक्षक दीपेन्द्र चन्दको कमाण्डमा खटिएको ६ जनाको प्रहरी टोलीले घटनास्थल पुगेर उद्धार गरेको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।