खाेज्नुहाेस

कैलालीमा ब्राउनसुगर र गाँजासहित दुई जना पक्राउ

Image

अत्तरिया – कैलालीका दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउनसुगर र गाँजासहित दुई जना पक्राउ परेका छन् ।

navjiwan hospital

जानकी गाउँपालिका–६ बाट ७३० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ र १३ ग्राम गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जानकी गाउँपालिका–८ का २४ वर्षीय भुवन तिमिल्सिना रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले मंगलबार शंका लागेर चेकजाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारेको हो ।

attariya hospital

यसैगरी, भजनी नगरपालिका–५ बक्तुरीघाटबाट १८ ग्राम ५७० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलारी गाउँपालिका–४ हसुलियाका २० वर्षीय सरोज चौधरी रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार शंका लागेर चेकजाँच गर्ने क्रममा उक्त पदार्थसहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।