खाेज्नुहाेस

धनगढीमा पानी तान्ने मोटरबाट करेन्ट लागेर एक महिलाको मृत्यु

Image

अत्तरिया –  कैलालीको धनगढीमा पानी तान्ने मोटरबाट करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

navjiwan hospital

धनगढी उपमहानगरपालिका–१९ जे गाउँकी ४७ वर्षीया लालमोती चौधरीलाई मंगलबार साँझ आफ्नै घरको नल्कामा पानी तान्ने मोटरबाट करेन्ट लागेको हो।

attariya hospital

करेन्ट लागेर घाइते भएकी चौधरीलाई उपचारका लागि धनगढीस्थित नवजीवन अस्पताल लगिएको थियो। अस्पतालमा चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।