खाेज्नुहाेस

कञ्चनपुरबाट ट्याब्लेट सहित गोदावरीका दिक्षित पक्राउ

Image

अत्तरिया – कञ्चनपुरको भीमदत्त नगरपालिका – ११ होल्डिङ सेन्टरबाट नियन्त्रित लागू औषध Tapentadol – ८७ ट्याब्लेट सहित गोदावरी नगरपालिका – १ का २१ वर्षीय दिक्षित साउँद पक्राउ परेका छन् ।

लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले आइतबार साँझ उनलाई पक्राउ गरेको हो ।

attariya hospital
navjiwan hospital

उनलाई भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा शङ्का लागि चेकजाँच गर्दा उक्त लागू औषध फेला पारी पक्राउ गरेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

यसैबिच प्रहरीले कञ्चनपुर बेलौरी नगरपालिका – ७ टेडियाबाट लागू औषध खैरो हिरोइन ४ ग्राम ७४० मिलिग्राम सहित स्थानीय १८ वर्षीय किशोर र लालझाडी गाउँपालिका – १ बिनाबारी २६ वर्षीय राम जनम चौधरीलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुर र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले आइतबार उनीहरूलाई पक्राउ गरेको हो ।