अत्तरिया – प्रहरीले ब्राउन सुगर ३ ग्राम ९६ मिलिग्राम सहित कैलालीको गोदावरीका २ युवकलाई पक्राउ गरेको छ ।

आइतबार साँझ धनगढी उपमहानगरपालिका – २ त्रिनगर ब्यारेलबाट उक्त ब्राउन सुगर सहित गोदावरी नगरपालिका – ५ का ३१ वर्षीय टंक राज भट्ट र २६ वर्षीय खगेन्द्र नाथ पक्राउ परेका हुन ।

दुवै जनालाई लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।















