खाेज्नुहाेस

नेपाली कांग्रेस कैलाली क्षेत्र नं. २ का सबै प्रतिनिधि निर्विरोध निर्वाचित

Image

लम्की– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कैलाली निर्वाचन क्षेत्र नं. २ का प्रदेश सभा ‘क’ र ‘ख’ क्षेत्रीय कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि सबै पदका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन समितीले सार्वजनिक गरेको निर्वाचन परिणामअनुसार सबै पदमा निर्विरोध निर्वाचित भएका हुन । अधिवेशनबाट प्रतिनिधिसभा क्षेत्र नं. २ क्षेत्रीय कार्यसमितिको सभापतिमा लवबहादुर शाही निर्विरोध निर्वाचित भएका छ । जसको सचिवमा खकेन्द्र शाही र तेतराम चौधरी तथा सहसचिवमा धिरेन्द्र थापा र शंकर बजगाई रहेका छन । क्षेत्रीय कार्यसमितिका अन्य २० जना सदस्यहरु रहेका छन ।

attariya hospital
navjiwan hospital

प्रदेश सभा ‘क’ क्षेत्रीय कार्यसमितिको सभापतिमा नारायणप्रसाद ढुंगाना निर्विरोध निर्वाचित भएका छन । त्यसैगरी उपसभापतिमा प्रेम बि.क. र नारायणलाल चौधरी, सचिवमा गणेश बिष्ट र दीपकराज धमला तथा सहसचिवमा पुरन राना र राकेश बिष्ट निर्विरोध निर्वाचित भएका छन । अधिवेशनबाट २३ जना प्रदेश अधिवेशन प्रतिनिधि छनौट भएका छन् ।

त्यस्तै, प्रदेश सभा ‘ख’ क्षेत्रीय कार्यसमितिको सभापतिमा रामचन्द्र कठरिया निर्विरोध निर्वाचित भएका छन । जसको उपसभापतिमा उमेश सहकारी र गीता थापा, सचिवमा योगेन्द्रप्रसाद आचार्य र लक्ष्मी बम तथा सहसचिवमा निर्मला भुल र नरेश मल्ल रहेका छन। अधिवेशनबाट २१ जना प्रदेश अधिवेशन प्रतिनिधि छनौट भएका छन् ।

यसैगरी, केन्द्रीय महाधिवेशन प्रतिनिधिमा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता तथा निवर्तान मुख्यमन्त्री कमलबहादुर शाहसहित ३५ जना निर्विरोध निर्वाचित भएका छन् । महाधिवेशन प्रतिनिधिहरूना महिला, समावेशी समूह, युवा, अपाङ्गता भएका व्यक्ति, प्रजातान्त्रिक सेनानी, द्वन्द्वपीडित, सहिद परिवार, विज्ञ÷श्रमिक तथा पिछडिएको क्षेत्रबाट समेटिएका छन् ।