खाेज्नुहाेस

धनगढीमा २६ लाखभन्दा बढीका सामान सहित भारतीय नागरिक पक्राउ

Image

अत्तरिया – कैलालीको धनगढीबाट भन्सार छली गरी ल्याइएका २६ लाख ८८ हजार रुपैयाँ बराबरका सामान र भारतीय मिनी ट्रकसहित एक जना पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहाबाट शुक्रबार राति भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका मोबाइल डिस्प्ले र विभिन्न किसिमका तरकारी बरामद गरिएको हो ।

attariya hospital
navjiwan hospital

जिल्ला प्रहरी कार्यालय कैलालीसहितबाट खटिएको प्रहरी टोलीले शंका लागेर यूपी २३ टी ८६७५ नम्बरको भारतीय मिनी ट्रक जाँच गर्ने क्रममा उक्त सामान फेला पारेको थियो ।

प्रहरीले ट्रकका चालक भारतको लखिमपुर खिरी निवासी २५ वर्षीय आकिब खाँनलाई सामान र ट्रकसहित नियन्त्रणमा लिएको जनाएको छ ।

बरामद सामान र ट्रकको अनुमानित मूल्य २६ लाख ८८ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।