खाेज्नुहाेस

धनगढीमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

Image

अत्तरिया – कैलालीको धनगढीमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका–४ शिवपुरी धामस्थित गणेश खड्काको घरमा शुक्रबार दिउँसो जुवातास खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।

attariya hospital
navjiwan hospital

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले घरधनी ५२ वर्षीय खड्कासहित ७ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट नगद ५१ हजार ८७५ रुपैयाँ र दुई गड्डी तास बरामद गरेको जनाएको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।