खाेज्नुहाेस

स्वास्थ्य युवा महोत्सवबारे अत्तरियाका निजी स्वास्थ्य संस्थासँग छलफल

Image

अत्तरिया – कैलालीको अत्तरियामा आगामी कात्तिक १३ देखि १८ गतेसम्म आयोजना हुने स्वास्थ्य युवा महोत्सव–२०८३ लाई प्रभावकारी बनाउन आयोजकले यहाँ सञ्चालनमा रहेका निजी स्वास्थ्य संस्थाका चिकित्सक, अस्पताल, डेन्टल तथा नाक, कान र घाँटीसम्बन्धी सेवा प्रदायकसँग छलफल गरेको छ।

समृद्ध सुदूरपश्चिम अभियान तथा नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेश, जिल्ला र नगर चेम्बर अफ कमर्सको सहकार्यमा आयोजना हुन लागेको महोत्सवलाई स्थानीय स्वास्थ्य संस्थाको सहभागिता र सहकार्यमा सञ्चालन गर्ने उद्देश्यले छलफल गरिएको हो ।

attariya hospital
navjiwan hospital

नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेशका अध्यक्ष विनोद मल्लले छलफलमा अत्तरियामा सञ्चालनमा रहेका निजी अस्पताल, क्लिनिक, डेन्टल सेवा प्रदायक, नाक–कान–घाँटीसम्बन्धी सेवा प्रदायक तथा अन्य स्वास्थ्य संस्थाको सुझाव मागिएको बताए ।

उनले यस्ता संस्थाको अनुभव र सुझावले महोत्सवको कार्यक्रमलाई स्थानीय आवश्यकताअनुसार व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा रहेको बताए ।

महोत्सवलाई सफल बनाउन सरकारी तथा निजी स्वास्थ्य संस्था, विशेषज्ञ चिकित्सक, शैक्षिक संस्था, सामाजिक संघसंस्था र निजी क्षेत्रसँग सहकार्य गर्ने आयोजकले जनाएको छ।