खाेज्नुहाेस

जबरजस्तीकरणीको आरोपमा धनगढीका युवक पक्राउ

Image
सांकेतिक फोटो

धनगढी – जबरजस्तीकरणी उद्योग मुद्दामा धनगढीका एक युवक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१ शिवनगरका बबी सोडारीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । उनी विरुद्ध एक युवतीले करिब एक वर्षअघि दिएको जाहेरीका आधारमा मुद्दा अघि बढाइएको प्रहरीले जनाएको छ ।

navjiwan hospital

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सोडारी लामो समयदेखि फरार सूचीमा थिए । धनगढीस्थित आफ्नै घरमा आएको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

attariya hospital

पक्राउ परेका सोडारीमाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सोडारी सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीका छोरा हुन् ।