खाेज्नुहाेस

बाजुरामा करेन्ट लागेर एक जनाको मृत्यु

Image

बाजुरा – बाजुरामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीगङ्गा नगरपालिका–२ परिवन बस्ने ४२ वर्षीय धनबहादुर केसी रहेका छन् ।

navjiwan hospital

जिल्ला प्रहरी कार्यालयकाअनुसार आइतबार दिउँसो करिब ४ बजेतिर घरबाट निस्किएका केसी साँझसम्म घर नफर्किएपछि आफन्तले खोजी सुरु गरेका थिए ।

attariya hospital

खोजी गर्ने क्रममा केसीलाई परिवनस्थित सामुदायिक वनभित्र गाडिएको राष्ट्रिय प्रशारण विद्युत् पोलमा करेन्ट लागेर घटनास्थलमै मृत अवस्थामा फेला पारिएको कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए ।