अत्तरिया – कैलालीमा १५ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । आइतबार साँझ बालिका बलात्कारको आरोपमा घोडाघोडी नगरपालिका – ८ दिपनगरका ३४ वर्षीय युवराज आचार्य पक्राउ परेका हुन ।

उनलाई बालिका माथि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

युवकलाई इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
















