खाेज्नुहाेस

धनगढी बसपार्कमा हाइमास लाइट जडान

Image

धनगढी – धनगढी उपमहानगरपालिकाको ‘उज्यालो धनगढी’ कार्यक्रमअन्तर्गत धनगढी बसपार्कमा हाइमास लाइट जडान गरेकाे छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित बसपार्कमा जडान गरिएको हाइमास लाइटको वडा नम्बर ४ का वडाध्यक्ष बुद्धि खड्काले उद्घाटन गरेका थिए ।

navjiwan hospital

उपमहानगरपालिकाका अनुसार ‘उज्यालो धनगढी’ कार्यक्रमअन्तर्गत नगरका विभिन्न ३३ वटा स्थानमा हाइमास लाइट जडान गरि सन्चालनमा छन र अझै कार्यलाई निरन्तरता दिइएको छ। सोही अभियानअन्तर्गत बसपार्क क्षेत्रमा पनि ३४ औं स्थान हाइमास लाइट जडान गरिएको हो।

attariya hospital

बसपार्क धनगढीको व्यस्त तथा सार्वजनिक आवागमनको महत्वपूर्ण क्षेत्र भएकाले यहाँ हाइमास लाइट सञ्चालनमा आएपछि रातिको समयमा हुने आवागमन तथा सार्वजनिक गतिविधिमा सहजता हुने अपेक्षा गरिएको छ।

उपमहानगरपालिकाले नगरका विभिन्न क्षेत्रलाई थप उज्यालो, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यसहित ‘उज्यालो धनगढी’ कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।