अत्तरिया – कैलालीमा खैरो हिरोइन सहित एक युवक पक्राउ परेका छन्। लम्कीचुहा नगरपालिका–१ थपालीपुरबाट शनिबार साँझ सोही ठाउँका २२ वर्षीय ललित राना क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा उनको साथबाट १८० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने धुलो पदार्थ फेला पारेको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


















