खाेज्नुहाेस

कैलालीमा बाघको आक्रमणमा परेर एक जनाको मृत्यु

Image
फाईल फोटो

धनगढी – कैलालीमा गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा बाघको आक्रमणबाट एक जनाकाे मृत्यु भएकाे छ ।  वनमा च्याउ टिप्न गएका बेला सोही वडाको चरीडाँडा बस्ने ४० वर्षीय कृष्ण चौधरीको मृत्यु भएको हो।

navjiwan hospital

प्रहरीका अनुसार चौधरी शुक्रबार बिहान करिब ५ बजे च्याउ टिप्न सामुदायिक वनमा गएका थिए। च्याउ टिप्ने क्रममा उनलाई बाघले आक्रमण गरेको थियो। बाघको आक्रमणबाट चौधरीको घटनास्थलमै मृत्यु भएको बताइएको छ।

attariya hospital

घटनाबारे बिहान ८:०५ बजे इलाका प्रहरी कार्यालय चौमालामा जानकारी प्राप्त भएको थियो। त्यसपछि प्रहरी वरिष्ठ नायव निरीक्षक रमेशबहादुर शाहीको कमान्डमा चार जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। प्रहरी टोली बिहान ८:४५ बजे घटनास्थल पुगेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।