अत्तरिया – कैलालीको लम्कीचुहा नगरपालिका–४ बाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित तीन जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले बिहीबार बिहान शंका लागि चेकजाँच गर्दा सोही ठाउँका २८ वर्षीय भरत डम्बर पालसहित दुई जनालाई ५० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित पक्राउ गरेको हो ।

यस्तै, प्रहरीले लम्कीचुहा–४ कै १९ वर्षीय सेरे भन्ने सुरेश भण्डारीलाई उनको घर खानतलासी गर्दा १६० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित बिहीबार दिउँसो पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेकामाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
















