खाेज्नुहाेस

कैलालीमा ब्राउन सुगरसहित ५ जना पक्राउ

Image

अत्तरिया –  कैलालीमा प्रहरीले अवैध लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ ।

भजनी नगरपालिका–५ कुटीबाट खैरो हिरोइनजस्तो देखिने धुलो पदार्थ ११० मिलिग्रामसहित सोही ठाउँका २२ वर्षीय अमित चौधरीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ उनीहरूलाई लागूऔषध सेवन गरिरहेको अवस्थामा चेकजाँच गर्दा उक्त पदार्थ फेला पारेको जनाएको छ ।

attariya hospital
navjiwan hospital

यसैगरी धनगढी उपमहानगरपालिका–७ भानुचोकबाट ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ ५ ग्राम ६५० मिलिग्रामसहित सोही ठाउँका २५ वर्षीय अभिषेक राना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र वडा प्रहरी कार्यालय धनगढीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले बुधबार बेलुकी शंका लागी चेकजाँच गर्दा उनलाई पक्राउ गरेको हो ।

सोही स्थानबाट ४८० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थसहित ३१ वर्षीय गणेशबहादुर पाल पनि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले बुधबार राति शंका लागी चेकजाँच गर्दा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।