खाेज्नुहाेस

गोदावरीमा सडक कालोपत्र गर्न ८ करोड ३६ लाखको ठेक्का आह्वान

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका विभिन्न स्थानमा सडक कालोपत्र गर्न नगरपालिकाले करिब ८ करोड ३६ लाख रुपैयाँको ठेक्का आह्वान गरेको छ।

गोदावरी नगरपालिकाले १३ वटा प्याकेजमा सडक कालोपत्र तथा निर्माणका लागि बोलपत्र आह्वान गरेकाे हो। १३ वटै प्याकेजको अनुमानित लागत  ८ करोड ३६ लाख १९ हजार ३ सय ३२ रुपैयाँ रहेको छ।

attariya hospital
navjiwan hospital

ठेक्कामध्ये सबैभन्दा बढी लागतको प्याकेज वडा नम्बर ११ का विभिन्न स्थानमा सडक कालोपत्रका लागि रहेको छ। उक्त कामको अनुमानित लागत ७७ लाख ९७ हजार ८ सय ३९ रुपैयाँ रहेको छ।

यस्तै वडा नम्बर २ का विभिन्न स्थानमा सडक कालोपत्रका लागि ७६ लाख ५२ हजार ४ सय १२ रुपैयाँ तथा वडा नम्बर ३ का विभिन्न स्थानमा ७४ लाख ८ हजार ७ सय ५ रुपैयाँ अनुमान गरिएको छ।

नगरपालिकाले वडा नम्बर १ देखि १२ सम्मका विभिन्न स्थानमा सडक कालोपत्र गर्ने गरी प्याकेज छुट्याएको छ।