कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–३ बिपिन चोकबाट प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएका सामान बरामद गरेको छ।

आइतबार वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेका चप्पल, कपाल बाँध्ने रबर, काइँयो, पटका लगायतका सामान बरामद गरेको हो।

प्रहरीका अनुसार बरामद सामानको अन्दाजी मूल्य ४० हजार रुपैयाँ रहेको छ। आवश्यक प्रक्रिया पूरा गरी सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
















