बैतडी – बैतडीको पाटन नगरपालिका–७ का ९० वर्षीय जयबल्लभ भट्टको संस्मरणात्मक कृति ‘पुर्खाका पाइला’ लोकार्पण गरिएको छ । पूर्व प्रधानमन्त्री झलनाथ खनालले काठमाण्डौंमा आयोजित एक कार्यक्रममा उक्त पुस्तकको लोकार्पण गरेका हुन् ।

पुस्तकको लोकार्पण गर्दै खनालले पुर्वीय संस्कृति र संस्कारका कुराहरु पुस्तकमा समेटिएको बताए । उनले बैतडीको किम्तोली क्षेत्रको सभ्यतालाइ कवितामा उतारिएको र यो प्रेरणादायी कृतिको रुपमा प्रकाशन भएको दाबी गरे ।

पुस्तकमा जेष्ठ नागरिक भट्टले पाँच दशक लामो शिक्षण अनुभव सहित स्थानीय भट्ट जातीको ऐतिहासिक कुराहरुलाइ समेटेका छन् ।















